उरुग्वेको शानदार प्रदर्शन

radiorajmarga

Sports

कात्तीक २६ । उरुग्वेले विश्व कप २०१८ को छनौटमा शानदार प्रदर्शन कायम राखेको छ । छनौट अन्तर्गत शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरलाई २–१ ले हराएको हो । उरुग्वेले विश्व कप छनौट अन्तर्गत घरेलु मैदानमा अहिलेसम्म भएका ६ खेलमा जित निकालेको छ । उरुग्वेको जितमा पहिलो हाफमा सेबास्टिएन कोएटिस र डिएगो रोलानले गोल गरे । यस्तै इक्वेडरका लागि काइसेडोले एक गोल फर्काए । १२ औं मिनेटमा कोएटिसले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा काइसेडोले इक्वेडरका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि रोलानले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा पनि गोल गर्ने केही राम्रो मौका बनाएको थियो, उरुग्वेले । लुइस स्वारेजले यो खेलमा गोल गर्न सकेनन् तर गोलका लागि राम्रा अवसर भने बताए । ११ खेलबाट २३ अंक रहेको उरुग्वेले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकप सोझै छनौट हुने सम्भावना बलियो बनाएको छ ।

२०७३ कार्तिक २६ गते प्रकाशित