यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दै

cri

कार्तिक २५ काठमाडौं । यु–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको राजधानी क्वालालमपुरको ओभर मैदानमा हुदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।
नेपालले सन् २००२ को यु–१९ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान हुनुहुन्थ्यो । अहिले उहाँ मुख्य प्रशिक्षक हुनुहुन्छ। सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।


कार्तिक २५ मा प्रकाशित ।

Facebook Comments