एजेन्सी । टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । इस्थानबुलसहित देशका मुख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कुमा संलग्नलाई फासीको सजाय दिन माग गरेका छन् । सेनाको समूहले गरेको कुको प्रयास २४ घण्टा भित्र असफल भएको हो । संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन कु गराउन संलग्न रहेको भन्दै उहाँ विरुद्ध कारबाही गर्न माग गर्नुभयो ।
अमेरिकाले धर्मगुरु गुलेन विरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ । धर्मगुरु गुलेनले भने कुमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको बताउँदै आउनुभएको छ । यसैबिच कुको प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनिक जर्नेलहरुपछि छन् । दुई हजार सात सय जना न्यायाधीशलाई त्यहाँको सरकारले बर्खास्त _90422226_10994eb9-34d6-4d59-87e0-a3a1567af11cगरेको छ । शुक्रबार राति सेनाको एक समूहले गरेको कुको प्रयासपछि भएका झडपको क्रममा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जनाको ज्यान गएको छ । यस्तै कुमा संलग्न एक सय चार जना सैनिक मारिएका छन् ।
एक चार ४ सय ४० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री बिनाली यिल्डिमिरले कुको प्रयास टर्कीको प्रजातान्त्रिक इतिहासमा कालो धब्बा रहेको बताउनुभयो ।
२०७३ साउन २ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…