Categories: International

टर्कीमा ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश, १३१ सञ्चार माध्यममाथि प्रतिबन्ध

एजेन्सी । टर्की सरकारले विभिन्न सञ्चार माध्यममा प्रतिबन्ध लागाएको छ । दुई हप्ता अघि भएको असफल सैनिक कुको प्रयासमा साथ दिएको आरोपमा टर्की सरकारले समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी एक सय ३१ वटा सञ्चार माध्यम बन्द गराएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको जुलाइ १५ मा भएको कुमा संलग्न भएको आरोपमा तीन वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रपत्रिका तथा १५ म्यागजिन बन्द भएका छन् । यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द गरिएका छन् । बन्द गरिएका सबै सञ्चार माध्यम अमेरिकासहितका पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको रोयटर्सले उल्लेख गरेको छ ।
सरकारी अधिकारीले ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएका छन् भने ४२ जना पत्रकार विरुद्ध वारेन्ट जारी भएको छ । यस्तै १६ सय ८४ जना सैनिक अधिकारीलाई पद मुक्त गरेको छ । जसमा एक सय ४९ जना जनरलसहितका उच्च अधिकारी छन् । टर्की सरकारले सैनिक कुको असफल प्रयासमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनको हात रहेको आरोप लगाउँदै आएको छ । गुलेनले भने आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको बताउने गरेका छन् । सत्ता कब्जाको प्रयासको क्रममा कम्तिमा दुई सय ४६ जनाको ज्यान गएको थियो भने दुई हजार भन्दा धेरै घाइते भएका थिए ।
२०७३ साउन १३ गते प्रकाशित

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

1 week ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

1 week ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

1 week ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

1 week ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago