(अपडेट) फेरी त्रिशुलीमा बस खस्यो, एककाे मृत्यु, अाठको उद्धार

(अपडेट) फेरी त्रिशुलीमा बस खस्यो, एककाे मृत्यु, अाठको उद्धार

accident1

कात्तिक २, चितवन । मुग्लिन नारायणघाट सडक अन्र्तगत चितवनको दाहखानी ६ गिद्धीखोलाबाट त्रिशुली नदिमा यात्रुवाहक बस खसेको छ । काठमाण्डौबाट भैरहवाका लागि छुटेको लु १ ख ७३९१ नम्बरको बस त्रिशूलीमा खसेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ । बस पौने नौ बजे आसपास नदीमा खसेको प्रहरीले जनाएको छ । चितवनका एसपी वसन्त कुँवरले आठजना घाइतेको उद्धार भएको र एकको मृत्यु भएको जानकारी दिनुभएको छ । मृतकको पहिचान भएको छैन । बस नदीमा आधी डुबेको अवस्थामा छ । थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments