भदौ ६,काठमाडौं । सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवानालाई निकै बढाउने गृहकार्य गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन(२०४९ संशोधन गर्दै सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारीसँग ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।
अहिले सवारी नियम उलंघन गर्ने सवारी र सवारीधनिलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । यसमा परिमार्जन गर्दै अब न्युनतम ५ हजारदेखि ५० हजार बनाउने तयारी भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।
‘एकहजार रुपैयाँ जरिवाना हुने त हो नि भन्दै नियम पनि मान्दिन, जरिवाना लिने रकम यात्रुसँगै उठाउँछु भन्ने मानसिकताले सार्वजनिक सवारीहरु चलेका छन्,’ महानिर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अब जरिवाना थोरै राखेर हुँदैन । अन्तर्राष्ट्रिय अभ्यासलाई हामी पछ्याउँदै जरिवना बढाउँछौं ।’
कुन कसुरका लागि कति नयाँ जरिवाना तोक्ने लिने भन्ने विषयमा औपचारिक निर्णय भने विभागले गरिसकेको छैन । तर, वृद्धिका लागि प्रस्ताव गरिने जरिवनाको लागि पूर्वतयारी भने गरिसकेको छ । केही समयअघि जरिवाना रकम बढाएपछि सवारी नियम पालनाको क्रम बढेको पाइएको सरकारको दाबी छ ।online khabar
२०७३ भदौ ६ गते मा प्रकाशित
Facebook Comments