धादिङको बुढाथुममा ट्याक्टर पल्टिदाँ २ जनाको मृत्यु, १ जना घाईते

धादिङको बुढाथुममा ट्याक्टर पल्टिदाँ २ जनाको मृत्यु, १ जना घाईते

धादिङ १८ पौष । धादिङको गंगाजमुना गाउँपालिका – ७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएका सरोज परियारको आरुघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गोरखाको आरुघाटबाट बालुवा लिएर बुढाथुम तर्फ लागेको अनटेस्ट ट्याक्टर गए राती सडकबाट २५ मिटर तल पल्टिएर दुर्घटना भएको प्रहरी जनाएको छ ।


पौष १८ मा प्रकाशित ।

Facebook Comments