वैदेशिक रोजगारीको लागी व्यक्तिगत श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

वैदेशिक रोजगारीको लागी व्यक्तिगत श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू

80
fe

काठ्माण्डौं, २६ पौष । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।
यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ ।

त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ । अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाडौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।
पौष २६ मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण