थाक्रे ६ र ४ को सिमाना माटिखोलामा बन्न लागेको पुलको शिलान्यास

थाक्रे ६ र ४ को सिमाना माटिखोलामा बन्न लागेको पुलको शिलान्यास

pul

महादेववेशी । थाक्रे ६ र ४ को सिमाना माटिखोलामा पुल (कल्भर्ट) को संघीय निर्वाचन क्षेत्र नं. १ धादिङका सांसद भुमि प्रसाद त्रिपाठीद्वारा शिलान्यास गरिएको छ । महादेवबेसी-रातमाटे-आग्रा-मनहरी सडक खण्डमा पर्ने उक्त पुल निर्माणका लागि सांसद त्रिपाठीले निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजन गरेको ५० लाख रुपैँयामा पुल सहित तीन स्थानमा मेसिनरी वाल, पहरो फुटाउने र नयाँ ट्रयाक निर्माण समतेको काम गरिने जनाईएको छ ।

उपभोक्ता समिति मार्फत गर्न लागिएको यो कामको नेतृत्व स्थानिय सुरेश थापाले लिएका छन् । उक्त सडकका लागि सांसद त्रिपाठीको पहलमा केन्द्र सरकारद्वारा समपुरक कोष र थाक्रे गाउँपालिकाको आन्तरिक श्रोतबाट गरी करिब तीन करोड रुपैँयाको बजेट विनियोजन भई ठेक्काको लागि आवेदन माग गरिएको छ ।

शिलान्यास कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य नेत्रराज पौडेल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, नेकपाका जिल्ला कमिटी सदस्यहरु कृष्ण पन्त, जीन्दगी थापा, वडा अध्यक्षहरु पूर्णबहादुर कार्की, गणेशमान वाइवा, रविप्रकाश ओझा, भुमि तामाङ, गाउँ कार्यपालिकाका सदस्य सुशिला सुवेदी, वडा सदस्य रवि श्रेष्ठ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोकर्ण रुपाखेती, स्थानीय महिला समुह, उपभोक्ता लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०७६ बैशाख २० गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments