थाक्रे गाउँपालिकाद्धारा विपन्न परिवारका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान

थाक्रे गाउँपालिकाद्धारा विपन्न परिवारका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान

thakre 1

महेश्वर सुबेदी ।
धादिङ्को थाक्रे गाउँपालिकाले गाउँपालिका भित्रका बिपन्न परिवारका सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ। आर्थिक हिसाबले पछाडी परेका र केही गरौ भन्ने भावना भएकालाई आर्थिक सहयोग दिईएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाको आर्थिक बर्ष २०७५ र ७६ को अध्यक्षसङ बिपन्न नागरिक कार्यक्रम सन्चालन अबधारणा अनुसार आर्थिक सहयोग प्रदान गरिएको बताईएको छ । सम्बृद थाक्रे सुखी थाक्रेबासी अभियान अन्त्रगतनै अध्यक्षसङ बिपन्न नागरिक कार्यक्रम लागू गरिएको र त्यसै कार्यक्रम अनुसार गाँउपालिका भित्रका बिपन्न परिवारका सद्स्यहरुलाई लाई सहयोग गरिएको गाँउपालिकाले जनाएको छ ।

thakre 3
महादेबबेशी स्वास्थ चौकिमा आयोजित एक कार्यक्रमका बिच आज गाउँपालिका भित्रका बिपन्न नागरिकलाई करिब पच्चीस हजारका दरले एकसय जनालाई आर्थिक सहयोग बितरण गरेको हो। आर्थिक हिसाबले पछाडी परेका नागरिकलाई सबल सक्षम बनाउनका लागि गाउँपालिकाले कार्यक्रम लागू गरि सहयोगको अबधारणा ल्याईएको र सहयोग रकमबाट नागरिकहरुले आफुले चाहेको काम गरि आर्थिक स्तर बढाउन सकिने बताएको छ।गाँउपालिका भित्रका सबै वडाबाट छानिएका बिपन्न घरपरिवारका एकसय जना सद्स्यहरुलाई रु पच्चिस हजारका दरले रु पच्चीस लाख रुपैयाँ खर्च गरि सहयोग गरिएको र आगामी दिनमा पनि नागरिकहरुको काम र मागअनुसार सहयोगको कामलाई निरन्तरता दिने गाउँ पालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतिले बताएकी छिन ।

thakre 2

बिपन्न परिवारको आर्थिक स्थिति उकास्नको लागि सहयोगको परिकल्पना गरिएको बताउदै कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले यसपटक सबै बिपन्न परिवारलाई समेट्न नसकिएको र आगामी दिनमा क्रमश सबैलाई समेट्ने गरि काम भैइरहेको हुँदा अहिले के आधारमा छनोट गर्यो हामी किन अटेनौ भन्नेतिर नलागी सहयोग पाएकाहरुले काम गर्छ्न गर्दैनन सहि सदुपयोग हुन्छकि हुदैन भन्नेतिर ध्यान दिन सबै नागरिक ,वडा अध्यक्षहरु र सरोकारवालाहरुलाई अनुरोध गरेका छ्न। त्यसैगरी कार्यक्रममा बोल्दै उहाँले गाउँपालिका बिपन्न सद्स्यहरुको माईती बन्न खोजेकाले राम्रो काम गर्न र सहयोगलाई सहि सदुपयोग गर्न अनुरोध गर्नुभएको छ ।

thakre 4

त्यस्तै कार्यक्रममा सहभागी नेकपाका नेता नेत्र पौडेलले गाउँपालिकाले आर्थिक उन्नति तथा आयाआर्जनका लागि सहयोग गरेको र नागरिकसङै जनप्रतिनिधि छन भन्ने महसुस दिने काम भएकाले सहि प्रयोग गरि आगामी दिनमा सम्बृदिको यात्रा तय गर्न सहयोग हुने बताउनुभएको छ ।
महादेबबेशी स्वास्थ्य चौकिको हलमा भएको उक्त कार्यक्रममा गाउँ पालिका प्रमुख रामकुमार आचार्य ,उपप्रमुख अ्म्बिका रुपाखेती ,प्रशाशकिय अधिकृत सुर्य उपाध्यय,नेकपका नेता नेत्र पौडेल,सबै वडाका वडा अध्यक्षहरु,कर्मचारिहरु,बिपन्न नागरिकहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments