धादिङको थाक्रे गाउपालिकाको चौथो गाउँसभा सम्पन

धादिङको थाक्रे गाउपालिकाको चौथो गाउँसभा सम्पन

57192362_974312419434877_3970283462232899584_n

महेश्वर सुबेदी
महादेबेशी । धादिङको थाक्रे गाउपालिकाले चौथो गाउसभा सम्पन गरेको छ । आर्थिक बर्श २०७५ ७६ को बाकी अबधिमा काम सक्नेगरी बजेट बिनियोजन गर्दै गाउँसभा सम्पन गरेको हो । गाउँपालिकाको सभाहल महादेबेशीमा सम्पन्न सभाले रु २२ करोड २८ लाख ५८ हजार ८ सय ९१ बराबरको बजेट थप गर्दै विनियोजन संशोधित विधेयक पारित गरेको छ ।

56835600_2001014563534022_4117526687875334144_n
आर्थिकवर्ष २०७५।०७६ को निमित्त गाउँकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.४० करोड ७३ लाख ९० हजार ८ सय मा संशोधन गरी चालु खर्च र पुजिगत खर्चमा आन्तरिक श्रोत वाट रु. १३ करोड ६४ लाख ६८ हजार ६ सय ३०, राजश्व बाँड्फाड्वाट रु ४ करोड ७२ लाख ९७ हजार ६ सय, नेपाल सरकारवाट प्राप्त अनुदान रु.३४ करोड ३८ लाख ७९ हजार र प्रदेश सरकारवाट प्राप्त अनुदान ३ करोड ८ लाख ८ हजार र अन्य आय रु. ७ करोड ४४ लाख ५ हजार ६ सय ६२ समेत गरी जम्मा रु.६३ करोड २८ लाख ५८ हजार ८९१ विनियोजन संशोधित विधेयक पारित गरेको हो । बिनियोजित उक्त रकम सामाजिक सुरक्षा भत्ता वाहेकका अन्य कार्यहरुमा खर्च गरिनेछ ।

57004779_284413302488538_4192158294468460544_n

भाले केहि योजनाहरुको शिर्षक र रकमसमेत ससोधित गरेको छ । सभाबाट १४० ओटा योजना थपिएका छ्न भने १८ वटाको शिर्षक परिमार्जन गरिएको छ । एक आर्थिक बर्षमा दुईपटक हुने गाउँसभामा यो हिउदे गाउँसभा हो ।
गाउँ पालिकाका अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा सम्पन सभामा उपाध्यक्ष तथा बिधेयक समितिका सयोजक अम्बिका रुपाखेतिले बिनियोजित बजेट प्रस्तुत गर्नुभएको थियो भने प्रमुख प्रशाशकिय अधिकृत जगत प्रसाद भुसालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सद्स्यहरु, गाउँसभासद्स्यहरु, कर्मचारीहरु लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।


२०७५ चैत्र २९ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments