धादिङको थाक्रेमा भब्य रोपाई मेला,किसानलाई अर्गानिक खेति तर्फ लैजाने अध्यक्ष आचार्यको भनाई

धादिङको थाक्रेमा भब्य रोपाई मेला,किसानलाई अर्गानिक खेति तर्फ लैजाने अध्यक्ष आचार्यको भनाई

thakre 3

शिवराज आचार्य
थाक्रे । धादिङको थाक्रे गाउँपालिकाको आयोजनामा १६औँ राष्ट्रिय धान दिवस भब्य रुपमा मनाईएको छ । थाक्रे ९ सोतिफाँटमा बृहत रोपाई मेला भएको हो । नेपालमा ७६ प्रतिशत किसान कृषि पेसामा आबद्ध रहेका छन् ।

thakre 4

नेपालमा रैथाने रुपमा रहेका धानका बिउहरु एकादशको कथा हुँदै गएकोले थाक्रे गाउँपालिकाले रैथाने धानहरुलाई सँरक्षण गर्दै बिऊ बैँकको रुपमा थाक्रेका ७ हजार घरधुरीमा रैथाने धानका बिऊहरु पुराउने लक्ष्य लिईएको उपाध्यक्ष अम्बिका रुपाखेतिले बताउनुभयो ।
thakre 2
बिदेशबाट आयातित बिभिन्न नाम, जातका धानका बिउहरु रोप्दै जानाले जस्तैः रैथाने धानका बिउहरु लोपहुँदै गएकोमा चिन्ता ब्यतm गर्दै बिउ बैकको रुपमा तसर्पुको सानाकिसान सहकारी सँस्थालाई आर्थिक सहयोग गर्ने बताउनुभएको छ । एक घर तिन फलफूलको बिरुवा बितरण गरिने र किसानहरुलाई यान्त्रिक उपकरणको ब्यबस्था मिलाउँदै प्रोत्साहनका रुपमा धान खेति गर्दै जाने अध्यक्ष रामकुमार आचार्यले बताउनुभएको छ ।

thakre 1

बाजागाजा सहित थाक्रे ९ सोतिफाँटमा औपचारिक रुपमा सुरु भएको रोपाई मेला अध्यक्ष आचार्यले उपाध्यक्ष अम्बिका रुपाखेतिलाई बिउ दिएर रोपाईको सुरुवात भएको थियो ।

thakre

रोपाई मेलामा धादिङका सँघिय साँसद भुमि त्रिपाठी, नेकपा नेता नेत्रराज पौड्याल , गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेति, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, थाक्रेका कर्मचारी, स्थानिय नागरिकहरुको सहभागीता रहेको रोपाई मेलामा रेडियो राजमार्ग ९२.१ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।


२०७६ असार १५ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments