धादिङको थाक्रे ४ काम्राङमा सरसफाई सम्बन्धि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

धादिङको थाक्रे ४ काम्राङमा सरसफाई सम्बन्धि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

65847334_2413330935400823_5580609393201774592_n

सन्तोष सुवेदी
असार १५ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ मा सरसफाई सम्बन्धि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । काम्राङ बृहत् खानेपानी सरसफाई तथा स्वच्छता समन्वयको आयोजनामा भएको कार्यक्रममा डिसिएको आर्थिक तथा एक्सन नेपाल र थाक्रे गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
काम्राङ बृहत् खानेखानी सरसफाई तथा स्वच्छता आयोजनाका अध्यक्ष रामपयारी लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जम्मा ५ वटा समुहको सहभागीता रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगीतामा वाईवा टोल प्रथम, लामा टोल द्धितिय, पल्लो छाप तृतिय, वल्लो छाप चौथो र सिम्ले समुह पाँचौ हुन सफल भएका छन् । प्रथम देखि क्रमशः पाँचौ हुने बिजेताहरुलाई ६० लिटरको डस्विन, झाडु, फोहोर उठाउने सावेल लगायत सरसफाईका सामाग्री बितरण गरिएको काम्राङ बृहत् खानेपानी सरसफाई स्वच्छता आयोजनाका सचिव हिरालाल तामाङले जानकारी दिनुभयो ।
यसैगरी सोहि कार्यक्रमको पुर्व सन्ध्यामा लाली गँुरास कृषक समुह र काम्राङ बृहत् खानेपानीको समन्वयमा लालीगुँरास कृषक समुहको गाउँ, टोल, बाटो सरसफाई समेत गरिएको सचिव तामाङले जानकारी दिनुभयो । साथै हाजिरी जवाफ प्रतियोगीतामा ८० जनाको सहभागीता रहेको थियो भने सरसफाई कार्यक्रममा जम्मा २० जनाको सहभागीता रहेको थियो ।
असार १५ २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments