धादिङमा चट्याङ लागेर १ को मृत्यु
radiorajmargaNational
शिवराज आचार्य
धादिङ । धादिङको तसर्पु गाविस वडा नम्बर ३ चिहान डाँडाँमा बुधबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छिन् । पानी लिनका लागी धारामा गएको बेलामा परेको चट्याङले लागेर ४५ बर्षिय गीता अर्यालको घटना स्थलमै मृत्यु भएको हो भने उनको १७ बर्षिय छोरी सम्झना अर्याल घाईते भएकी छिन् । घाईते सम्झनाको काठमाण्डौको मनमोहन अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । यसअघि मँगलबार पनि धादिङको मैदीमा चट्याङ लागेर कारण ७ जना घाईते भएका थिए ।
२०७३/०१/२९ गते प्रकाशित