टँकेश्वर ग्रुपको नयाँ शाखा धादिङको धुनिबेशीमा

टँकेश्वर ग्रुपको नयाँ शाखा धादिङको धुनिबेशीमा

tankeshwor

धुनिबेशी ।

निर्माण सामाग्रीहरुको होलसेल बिक्रेता टँकेश्वर ग्रुपको राजमार्ग केन्द्रित नयाँ शाखा त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका ७ नौबिसे सिमबजारबाट सन्चालनमा आएको छ । टँकेश्वर शक्ती हार्डवयर नामबाट सन्चालनमा आएको उक्त शाखा टँकेश्वर ग्रुपको पन्ध्रौं शाखा भएको ग्रुपले बताएको छ। 20190511_102809

धादिङको राजमार्ग केन्द्रित भएर टँकेश्वर ग्रुपले यसअघि पृथ्वी राजमार्गको महादेबबेशी,गल्छी ,मलेखु,आदमघाटबाट सामाग्री बिक्रि गर्दै आईरहेको छ भने धादिङको सदरमुकाम धादिङबेशी र नुवाकोटको महादेबफाट शाखाहरुबाट पनि निर्माण सामाग्रीहरु बिक्रि गर्दै आईरहेको छ ।बिगत पन्ध्र बर्षअघिदेशी गुणस्तरीय निर्माण सामाग्रीहरुको बिक्रि गर्दै आईरहेको दाबि ग्रुपका पुस्पराज रुपाखेतिले बताए।गुणस्तरीय निर्माण सामाग्री अन्यत्रभन्दा सस्तो र सुलभ मुल्यमा बिक्रि गर्दै आएको बताउदै ग्रुपले कम्पनिको दरमा तपाईको घरमा सस्तो र भरपर्दो निर्माण सामाग्रीको प्रयोग भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग भन्ने मुल मन्त्रका साथ ग्राहकहरुलाई सन्तुस्टि दिदै आएको बताएको छ।

टँकेश्वर ग्रुप अन्तर्गतका सबै स्थानहरुबाट हुलास तथा आरतिका जस्तापाताहरु,डन्डी,सिमेन्ट,बाथरुम फिटिङ,धारा फिटिङ,डोर फिटिङ,रङहरु,प्लाईउड, ग्रील लगायतका सम्पुर्ण निर्माण सामाग्रीहरु होलसेल रुपमा पाउन सकिने ग्रुपले जानकारी दिएको छ। टँकेश्वर ग्रुपको मुख्य बिक्रि स्थल कलकी काठमाडौमा रहेको छ भने जरङ्खु,ढुङेअडडाबाटपनी बिक्री हुदै आएको छ ।

२०७६ बैशाख २८ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments