Categories: NationalNewsPolitics

सांसदको तलब न्युनतम एक लाख ८५ हजार बनाउन प्रस्ताव

कात्तिक ३०, काठमाडौं । सांसदको सुविधा कम भएको भन्दै गुनासो आइरहेका बेला झण्डै दोब्बर हुने गरी सुविधा बढाउन लागिएको छ । अहिले सांसदहरुले ९७ हजार २ सय रुपैयाँ पाउँदै आएका छन् । सरकारले व्यवस्थापिका संसदका सदस्यको न्युनतम सुविधा एक लाख ८५ हजार ७ सय ३० रुपैयाँ प्रस्ताव गरेको छ ।
आइतबार सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टे सयम दिइएको विधेकयमा १८ वटा शीर्षकमा राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको सभामुख, उपसभामुख र सांसदको सुविधा निर्धारण गर्न लागेको हो । प्रचलित संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमक र सुविधा सम्बन्धी ऐन २०५२ खारेज गरेर नयाँ ऐन ल्याउन लागेको हो ।
प्रस्तावित विधेयकमा सांसदले पारिश्रमिक बापत ५५ हजार २ सय ३०, दैनिक भक्ता दुई हजार पाँच सय, विशेष भक्ता बापत मासिक एक हजार, सञ्चार सुविधा तीन हजार, आवाज १८ हजार, बिजुली धारा दुई हजार, बैठक चलेको दिन यातायात भक्ता एक हजार, बैठक भक्ता पाँच सय रुपैयाँ प्रस्ताव गरिएको छ । सांसदलाई अधिकृत सो सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि विधेयकमा गरिएको छ । अधिकृतले अहिले ३१ हजार पाँच सय तलब पाउँदै आएका छन् ।
विधेयकमा सभामुखका लागि आवाज, गाडीसहित एक लाख ९३ हजार पाँच सय ९५ प्रस्ताव गरिएको छ । सभामुखले सहसचिव सो सरहको स्वकीय सचिव राख्न पाउने प्रावधान राखिएको छ । सहसचिवले ४१ हजार एक सय ५० तलब पाउँदै आएका छन् ।

सुविधा वृद्धि सम्बन्धी विधेयकमा सांसद बिरामी भएमा उपचार खर्च सचिवालयले व्यहोर्ने प्रस्ताव गरिएको छ । विधेयकको दफा १४ को २ मा सांसदको उपचार गराउँदा लागेको बिल बमोजिम सचिवालयले व्यहोर्ने प्रस्ताव गरिएको हो । तर यो सुविधा पाउनका लागि संसद सचिवालयका वरिष्ठ चिकित्सकले सिफारिस गर्नुपर्नेछ ।
यसैबिच विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन आइतबादेखि नै ७२ घण्टे समय सुरु भएको छ । संविधान सम्बन्धी विधेयकलाई दलहरुले सहमतिका साथ पारित गराउने र संशोधन पनि संयुक्त रुपमा दर्ता गराउने तयारी गरेका छन् ।

२०७३ कार्तिक ३० गते प्रकाशित

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

1 week ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

1 week ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

1 week ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

1 week ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago