धादिङ । राजधानीको मुख्य प्रवेशद्वार नौबिसे नागढुङ्गामा सुरुङमार्ग बनाउन जापान सरकारले दिन लागेको १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
आइतबार बसेको बैठकले जापान सरकारले 0.१ ब्याजदरमा उपलब्ध गराउने प्रस्ताव गरेको सहुलीयत ऋण स्वीकृत गर्ने निर्णय गरेको हो । धादिङको सिस्नेखोलाबाट थानकोट जोड्ने २.६ किलोमिटर लामो यो सुरुङ मार्गको सम्भाव्यता अध्ययन जाप्निज सहयोग नियोग ‘जाइका’ले गरेको थियो ।
अर्थका अधिकारीका अनुसार धादिङको सिस्नेखोला सडकको ट्राफिक जाम न्यूनीकरण गर्न सरकारले पहिलेदेखि नै सुरुङमार्ग बनाउनुपर्ने आवश्यकता महसुस गरिरहेको थियो। त्यसमा जापान सरकारले इच्छा देखाइरहेको थियो।
सवारीको अध्यधिक चाप हुने यो बाटोमा उकालो, घुमाउरो, साँघुरो हुँदा जामसाथै दुर्घटनाको जोखिम बढी छ। लक्ष्य अनुसार काम भएमा २०२१ सम्ममा निर्माण भइसक्ने यो सुरुङ मार्ग बनाउन झण्डै २० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
२०७३ मँसिर १३ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…