धादिङको महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार कार्यक्रम सम्पन्न

धादिङको महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार कार्यक्रम सम्पन्न

52748948_2209636439296325_7675828576314195968_n

शिवराज आचार्य

महादेबेशी । धादिङको थाक्रे गाउँपालिका महादेबबेशिमा राष्ट्रिय सोनाम ल्लोछार २८५४ तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तामाङ गुठी समाजको आयोजना तथा थाक्रे गाउँपालिका वडा नम्बर १, ३, ४ र ५ को सहआयोजनामा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती मार्फत दर्शक लाई भरपूण मोनोरञ्जन प्रदान गराएको थिए ।

52733527_383380989113574_2429326776422367232_n
कार्यक्रममा राष्ट्रिय कलाकार गायक तथा हाँस्यकलाकार जयनन्द लामा, , तामाङ कलाकार सिलाबहादुर मोक्तानका साथमा कुन्ति मोक्तान, शिब परियार, पप गायक सविन लामा, लोक तथा सेलो गायक उत्सव लामा, रजनि लामा ,योजन लामा ,सेलो गायक हेम वाईवा, राज सिहं वाईवा ,एम जि तामाङ गायक राज किङ तथा एबिसिडी डान्स ग्रुपको बिषेश देखाएका थियो । तामाङ समुदायको भेषभुषा, रीतीरीवाज, चालचलन, सँस्कृतिलाई जगेर्ना गर्नको लागी थप सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभापति तथा थाक्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा तामाङ गुठी समाजका सँयोजक अमीत घलेले जानकारी गराउनु भयो । उहाँले तामाङ जातिको उत्थान तथा सँरक्षण गर्नको लागी कार्यक्रम गरिएकोे बताउनु भयो ।

52846949_238572663689854_5537311342559494144_n
कार्यक्रमको प्रमुख अतिथि नेकपा नेता पशुराम तामाङले तामाङ जातिलाई शशतm बनाउन यी र यस्ता कार्यक्रममले टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । राज्यबाट नै हेपिएको तामाङ पछिल्लो समयमा धेरै अगाडी देखिएको र अझ शशतm बन्दै जाने बताउनु भयो
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न पानका लागी ल्लोछार कमीटी महादेबबेशि , छार मेन्दोला फोले महिला समुह महादेबबेशि, न्यु स्टार क्लव महादेवबेशि, महादेबबेशि स्पार्टस क्लव महादेबबेशि, सल्लेलि युवा क्लव थाक्रे २, तसर्पु तामाङ युवा समाज थाक्रे ५, बाहुन थान युवा समाज थाक्रे ४, जागरण युवा क्लव थाक्रे ११, मान्खु युवा समाज थाक्रे ११ लगायतका सँस्थाहरु सहयोगीका रुपमा रहेका थिए ।
सोनाम ल्लोछार तथा बृहत् साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा नेकपा नेता पशुराम तामाङ, पृर्व राजदुत कमानसिहं तामाङ,थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रुपाखेती , तामाङ राष्टिय महासघंका पृर्व महासचिव आङकाजि शेपा , विभिन्न वडाका वडा अध्यक्ष ,पत्रकार ,तामाङ भेष भुषामा सजिएका तामाङहरुको उपस्थिति रहेको थियो ।


२०७५ फागुन ११ गते प्रकाशित

Facebook Comments