अमेरिकाको पेन्सलभानिया राज्यमा उच्च हिमपात, संकटकाल घोषणा

अमेरिकाको पेन्सलभानिया राज्यमा उच्च हिमपात, संकटकाल घोषणा

snow

पौष १२ । अमेरिकाको इरी शहर हिँउले पुरिएपछि संकटकाल घोषणा गरिएको छ । अमेरिकाको पेन्सलभानिया राज्यमा ८६ सेन्टिमिटर बाक्लो हिँउ परेको छ ।

प्रहरीले उक्त ठाँउमा गाडी नचलाउन चेतावनी दिएको छ । आज पनि हिँउ परिरहेको छ । अधिकारीहरुले हिँउसँगै आँधी आएकाले थप खतरा बढ्ने औल्याएका छन् ।

उक्त ठाँउमा क्रिसमस डे को दिन सन् १९५६ को भन्दा धेरै हिँउ परेर रेकर्ड कायम भएको छ । धेरै गाडी र घरहरु हिँउले पुरिएका छन् । केही नागरिकले बेल्चाले हिँउ बाहिर निकालिरहेको दृष्य देखिन्छ ।

पसल र बालविकास केन्द्र बन्द गरिएको छ । इरीको केही हवाई उडान समेत रद्व गरिएको छ । समाजिक संजालहरुमा हिँउले पुरिएका आश्चर्यजनक फोटा पोष्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नुवाकोटमा २७ विस्थापित परिवारको लागी जग्गा खरिद

नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर