Categories: NationalNews

मुटु र मस्तिष्कका लागि घातक धूमपान

धादिङ ५ बैशाख,। सास फेर्न गाह्रो हुने समस्या बढ्न थालेपछि ६५ वर्षीय खिमलाल ओली स्वास्थ्य जाँचका लागि चिकित्सककामा गए। उनलाई खोकीले पनि उत्तिकै सताइरहेको थियो। चिकित्सकले जाँच गरेपछि उनले दैनिक सेवन गर्ने धूमपानका कारण त्यस्ता समस्या भएको पुष्टि गरे। चुरोट, सुर्ती छाडेमात्र उपचार गरी औषधि लेखिदिने बताइएपछि उनले निकै प्रयास गरेर धूमपान त्यागे।

उनी एक प्रतिनिधि पात्रमात्र हुन्। उनी जस्तै मुटु र छातीका विभिन्न समस्या लिएर चिकित्सक कहाँ आउने धेरै बिरामी छन् जो चुरोट, सुर्तीका अम्मली हुन्। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले धेरै धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउने, रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउने, मुटुको रक्तनली साँघुरो बनाउने, चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुने बताए। साथै, चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ।

उनका अनुसार चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ। फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अङ्गमा पनि क्यान्सरको खतरा बढी रहन्छ।

अत्यधिक धूमपानले मस्तिष्काघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ। सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ। धूमपान गर्ने महिलामा बाँझोपन हुने, पटक पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना बढी हुने चिकित्सकको भनाइ छ। डा अनिलका अनुसार मानिसले धूमपानलाई छाड्ने हो भने हृदयाघात र मस्तिष्काघातको सम्भावना कम हुँदै जान्छ। क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना पनि कम हुन्छ। केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको उनले बताए। स्वाद र सुँघ्ने क्षमतामा सुधार भई खाना बढी रुच्ने र शरीरबाट चुरोटको दुर्गन्ध आउन बन्द हुन्छ।

नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्ती सेवनका कारण मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार संसारभर ११ करोड मानिस चुरोट सेवन गर्ने गर्छन्। तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मर्ने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको सङ्ख्या करिब एक करोड पुग्ने अनुमान गरेको छ। मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धूमपानका कारण हुने गरेको छ जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र गर्छ। तीसदेखि ५० वर्ष उमेर भएका अम्मलीलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेको भन्दा पाँचगुणा बढी हुन्छ।रासस

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago