धादिङ । धादिङको पिडा ९ गैरी गाउँमा रहेको पिण्डेश्वरी आधारभुत विद्यालयको नवनिर्मित दुईकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । विनाशकारी भुकम्पले क्षति भएपछि धादिङ विपद व्यवस्थापन कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङको आयोजना र युएमएन धादिङको सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा निर्माण गरिएको भवन आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा धादिङ क्षेत्र नम्बर ३ बाट निर्वा्चित एमाले साँसद राजेन्द्र प्रसाद पाण्डेले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हर्कबहादुर चेपाङ र प्रधानाध्यापक रामप्रसाद अधिकारीलाई विद्यालयको भवन हस्तान्तरण गर्नुभएको छ । विद्यालय हस्तान्तरण पछि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
यसैगरी बिद्यालय भवन निर्मार्णमा सहयोग गर्ने सँस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल र यु एम एन धादिङका प्रमुख आरजु बजगैँया लाई सम्मानपत्र सहित सम्मान गरीएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments