भुवनेश्वरी माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न

radiorajmarga

National

धादिङ । धादिङको जिवनपुर ९ पुरानो धार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा बुधबार पुस्तकालय हस्तान्तरण कार्यक्रम भएको छ । रुम टु रिड नेपाल, प्रयास नेपाल धादिङको साझेदारी र जिल्ला शिक्षा कार्यालयको समन्वयमा पुस्तकालय हस्तान्तरण भएको हो । शिक्षीत बालबालिका बाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने नाराका साथ भएको कार्यक्रममा जिवनपुर श्रोत केन्द्रका श्रोत व्यक्ति केशव पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष उषा विक, कार्यकारी निर्देशक दामोदर अर्यालको विशेष आतित्थ्यता रहेको थियो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

२०७३ मँसिर १६ गते प्रकाशित