राष्ट्रिय राजमार्गमा सौर्य बत्ति राख्दै थाक्रे गाउँपालिका ,सडक सुरक्षामा प्राथमिकता

राष्ट्रिय राजमार्गमा सौर्य बत्ति राख्दै थाक्रे गाउँपालिका ,सडक सुरक्षामा प्राथमिकता

66096186_2330171957065042_5280659163695808512_n

सन्तोष सुबेदी
महादेबेशी । धादिङको थाक्रे गाउँपालिकाले सडक सुरक्षाको लागी बिभिन्न योजनाहरु ल्याएको छ । थाक्रेमा त्रिभुवन राजपथको १३ किलो मिटर र पृथ्बी राजमार्गको १६ किलोमिटर यहि गाउँपालिकामा पर्दछ । राजमार्गमा दैनिक हजारौँ यातायात ओहोर दोहोर गर्ने गरेका छन । सडक सुरक्षाको लागी यस गाउँपालिकाले बिभिन्न योजनाहरु ल्याएको छ भने केहि कामहरु सम्पन्न भईसकेका छन् ।
अहिले पृथ्बीराजमार्ग अन्तर्गत सडक छेउमा सडक बत्ति हाल्ने काम भईरहेको थाक्रे गाउँपालिका सदस्य कुमार बैरागीले जानकारी दिनुभयो । रातको समयमा यात्रुको सुरक्षा तथा अन्य गैरकानुनी क्रियाकलापलाई कम गर्न पनि सडक छेउमा सोलार बत्ति जडान गर्न लागीएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्य बताउनु भयो ।
धादिङ धुनिबेशिनगरपालिका वडा नम्बर ६ र थाक्रे गाउँपालिका वडा नम्बर ८ को सिमानामा रहेको गणेशखोला पुलबाट थाक्रे १ खयरघारीको खेस्टे खोलाको पुल सम्म जम्मा ९० वटा बत्ति जडान गर्न लागीएको अध्यक्ष आचार्यले बताउनुभयो । अहिले थाक्रे ६ महादेबबेशि बजारमा सोलार बत्ति जडानको काम लगभग सम्पन्न भएर हिजो सोमबारबाट बजार क्षेत्रमा बत्ति बालिएको छ । अहिले अन्य ठाउँहरुमा पोल गाड्ने काम भईरहेको छ । यो काम लगभग ४ दिनमा सक्ने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो ।
थाक्रेका स्थानिय श्याम थापाको नेतृत्वमा एक उपभोक्ता समीती गठन गरिएको र सोहि समीतीद्धारा अहिले काम भईरहेको थाक्रे १० का अध्यक्ष गोकुल लामिछानेले बताउनुभयो ।
थाक्रे गाउँपालिकाको गत बर्षको “उज्यालो शहर” योजना अन्तर्र्गत बजार तथा सडकका छेउमा सडक बत्ति हाल्ने काम भईरहेको हो । सडक छेउमा हालिने प्रति एक बत्तिको लागी लगभग ७४ देखि ८६ हजार सम्म खर्च लाग्ने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले जानकारी दिनुभयो ।65763380_459958488163615_7903435553507377152_n

सडक उपभोक्तालाई सहजताका लागी थाक्रे ६ महादेबबेशि बजारमा दुबै तर्फ फुटपाथ निर्माण गरिएको छ । गाउँपालिका कै आर्थिक सहयोगमा निर्माण भएको यस फुटपाथले मानबिय दुर्घटना कम गराउनुका साथै स्थानियहरुमा सहजता समेत थपेको छ । यो फुटपाथ जुँगेखोला र सिम्लेमा पनि बनाउने योजना रहेको छ । यसैगरी सडक तथा थाक्रे गाउँपालिकालाई हराभरा एवम् स्वच्छ बनाउने उदेश्यले सडकको दाँया बाया बृक्षरोपण पनि गरिएको छ । थाक्रे जुँगेखोला देखि सिम्ले खयरघारी सम्म प्रत्येक घरको अगाडी अशोका र अन्य जातका बिरुवा रोपिएको हो । बिश्व वातावरण दिवको अबसर पारेर उतm अभियान सञ्चालन गरिएको उपाध्यक्ष रुपाखेतिले बताईन ।
पर्यटकलाई आकर्षित गर्ने स्थान देखि हरेक क्षेत्रलाई यस आर्थिक बर्षको बजेटले थप टेवा पुग्ने देखिन्छ । थाक्रे गाउँपालिकाले “सम्बृद्ध थाक्रे गाउापालिका निर्माणको आधार कृषि, उद्योग, पर्यटन ब्यापार र पुर्बाधार” भन्ने दिर्घकालिन सोचलाई अगाडी बढाउँदै आगामी दिनमा कृषि पेसा ब्यबसाय, रोजगारी सिर्जना, आर्थिक उपार्जन, आत्मर्निरता तर्फ अगाडी बढाउने योजनाहरु अगिसारेको अध्यक्ष आचार्यले बताउनु भयो ।
“सम्बृद्ध थाक्रे र सुखि थाक्रेबासि” को उदेश्यलाई आत्मसात गर्दै आर्थिक, सामाजिक, पुर्बाधार, बाताबरणीय र सुसाशन क्षेत्रमा सवल, सशक्त र समृद्ध गाउँपालिका निर्माण गर्ने उदेश्य लिईएको हो ।
थाक्रे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी छुट्याएको रकम सहि रुपमा प्रयोग भए सम्बृद्ध थाक्रे र सुखि थाक्रेबासि नाराले सार्थकता नपाउला भन्न सकिन्न ।65558342_432788197318441_4202472104379023360_n

यसैगरि थाक्रे गाउँपालिकाको सिमामै अबस्थित धुनिबेशिनगरपालिकामा पनि बिकासको गति तिब्र रहेको देखिन्छ । देशकै राजधानीसँग जोडिएको धुनिबेशिनगरपालिकाले पनि सडक देखि बिभिन्न क्षेत्रमा बिकासको गतिलाई तिब्रता दिईरहेको प्रस्ट देखिन्छ । धार्के बजार, नौबिसे र खानिखोला बजार लगायत सडक छेउमा फुटपाथ, सडक बत्ति, सिसि क्यामेरा जडान लगायत सडक क्षेत्रकै सुरक्षाका लागी योजनाहरु सम्पन्न भईसकेको धुनिबेशि नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताएका छन । अन्य योजनाहरु कति सम्पन्न भईसकेको र कतिपय योजनाहरु क्रमिक रुपमा बन्दै जाने समेत प्रमुख आचार्यले बताउनुभयो ।

   तस्बिर :कुमार बैरागिबाट
२०७६ असार १७ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments