धादिङको गल्छीमा निजी आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम

धादिङको गल्छीमा निजी आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम

sarbajanik sunuwai

गल्छि । धादिङको गल्छी ८ मा निजि आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । कार्यक्रममा जिल्लामा पुर्ननिर्माणको क्षेत्रमा भएको काम, पारेको प्रभाव लगायतको विषयमा पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका विषयगत प्रमुखहरुले सहभागीहरुलाई जानकारी गराएका थिए ।  त्यसपछि सहभागीहरुले पुर्ननिर्माण, रेट्रोफिट, अधिकाँश प्राविधिकहरुको ढिलासुस्ती, वडा अध्यक्षहरुको समस्या, भुकम्पपिडीतको गुनासो लगायतका विषयमा विषयगत प्रमुखहरुलाई प्रश्न राखेका थिए । सहभागीबाट आएको प्रश्नको जवाफ विभिन्न विषयगत प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपालले पहिलो सार्वजनिक सनुवाई आज गल्छिमा गरिएको र भोलि जिल्लाभरको सरोकारवाला व्यक्ति सहित अर्को सार्वजनिक सुनुवाई गर्ने बताउनुभएको छ । कार्यक्रममा लाभग्राहि समुदाय उल्लेख्य रुपमा सहभागी हुन नसकेपनि वडा अध्यक्ष लगायत सरोकारवालाहरुले उनिहरुको समस्याको सम्बोधन गरेको पनि बताउनुभयो ।

यस्तै जनप्रतिनिधीको तर्फबाट बोल्दै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले समस्या जहिँतहिँ रहेको र यसको समाधानका लागि पालिका अघि बढिरहेको भन्दै पुर्ननिर्माण प्राधिकरणबाट खटिएका प्राविधिकहरुले पनि कहिँ कतै बैमानी गरेको सुन्नमा आएकोले यसमा ध्यान दिन पनि सुझाव दिनुभएको छ ।

जिल्ला समन्वय समिती धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्य, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र विक्रम वस्नेत, बेनिघाट रोरा गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, विभिन्न वडाका अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायतको आतित्थ्यता र केहि लाभग्राहिहरुको सहभागिता रहेको थियो ।

२०७६ जेठ २६ गते प्रकाशित

Facebook Comments