दशैंदेखि गोरखा र बाग्लुङमा साझा बस सञ्चालन हुर्ने

radiorajmarga

National

काठमाडौं । साझा यातायातले काठमाडौंबाट दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । लामो समयदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा फेरि लामो रुटमा जाने तय गरेको हो ।

साझाका बसहरु काठमाडौंबाट गोरखा र बागलुङ जाने भएका छन् । असोज १६ गतेदेखि साझाका बसहरु गोरखा र बाग्लुङको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिएका छन् । काठमाडौं – गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् ।

एक दशकपछि साझाका बसहरु लामो रुटमा चल्न लागेका हुन् । यात्रुहरुको सहजताका लागि दशैंको अवसरमा नै बस सेवा सुसरु गरिएको पाण्डेले बताउनु भएको छ ।

२०७३ असोज १२ गते प्रकाशित