महेश्वर सुबेदी ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले सडक निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ । अहिले नगरपालिकाभित्र कच्ची सडक मात्र भएको र दुईवटा राजमार्गले नगरपालिकालाई छोएको अबस्थामा नगरपालिकाभित्रका बासिन्दाहरुलाई सहज रुपमा आवातजावत गर्नसक्ने गरी सड्क बिस्तारको कामलाई निरन्तरता दिन लागिएको नगरपालिकाले जनाएको छ । अहिले बेलकोट्गढी नगरपालिकाभित्र पक्की सड्कका रुपमा गल्छी रसुवागढी सडक र पासाङ्ल्हामु राजमार्ग मात्र पर्दछ्न ,भने नगरपालिकाको केन्द्र बाघखोर जोड्ने कुनैपनी सडक पक्की बन्न सकेका छैनन र बाघखोर केन्द्र जोड्ने सडकका रुपमा कोल्पुटार दुईपिपल , पैतिस किलो चिम्टेश्वर सडक ,कोल्पुखोला रुपिङ डाडागाउ सडक ,बालुवाखानी बाघखोर सडक र ति सडक अन्त्रगतका शाखा सडकहरु रहेका छ्न । बर्शाको समयमा बेलकोटगढी नगरबासिले सधै हिलो र चिप्पोलमा हिड्नुपर्छ भने हिउदमा धुलाम्मे भएर हिड्नुपर्दछ तर नगरपालिकाले पक्की सडक निर्माण गर्न नसकेतापनी योजना र कार्यक्रममा भने सडक बिस्तारलाई समेट्दै आईरहेको छ । गत २३ गते बुधबार सम्पन चौथो नगरसभाले वडा कार्यलय भवन निर्माण सहित सड्क निर्माणको कामलाई निरन्तरता दिनेगरी रु १० को करोड पुरक बजेट बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना वडा कार्यलय भवन निर्माण, सड्क निर्माण र अन्य योजनाका लागी रु १० करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले जानकारी दिए। उनका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ । त्यसैगरी २३ गते बुधबारनै सम्पन नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन २०७५ र घर निर्माण आचारसंहितासम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाले बताईन्।
यस्ता छ्न नगरसभाले पास गरेका निर्णयहरु
रेडियो राजमार्गका लागी २०७५ माघ २५ र २६ मा प्रशारित र प्रकाशित खबर
Facebook Comments