रोनाल्डोले पछि पारे सबैलाई

रोनाल्डोले पछि पारे सबैलाई

ronaldo

जेठ २८ – युरोकप फुटबल शुक्रबारदेखि सुरु हुँदैछ । यसमा युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षको जनवरीदेखि क्लब तथा राष्ट्रिय टिमबाट गरेको प्रदर्शनका आधारमा प्लेअर ब्यारोमिटर तय गरेको छ । प्लेअर ब्यारो मिटरमा अहिलेसक्क पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले सबै खेलाडीलाई पछि पारेका छन् । युरोकप अघि भएको अन्तिम मैत्रीपूर्ण फूटबलमा इस्टोनियालाई ७–० ले हराउँदा पहिलो हाफसम्म मात्रै खेलेका रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले दुई गोल गरेका थिए ।
रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई पछि पारेका हुन् ।
प्लेअर ब्यारोमिटरमा को को खेलाडी ?
१) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)२) जाल्टन इब्राहिमोविच (स्वीडेन)३) दिमित्री पेयट (फ्रान्स)४) एन्टोनी ग्रिजम्यान (फ्रान्स)५) जेम्स मिल्नर (इंग्ल्याण्ड)६) कोके (स्पेन)७) लोरेन्ट कोसिएल्नी (फ्रान्स)८) सर्जियो रामोस (स्पेन)९) सेस फाब्रिगास (स्पेन)१०) हाकान काल्हनोग्लु (टर्की)
– स्रोत : युइएफए

Facebook Comments