मंसिर १४ । रोल्पा लगायत पश्चिमका पहाडी जिल्लालाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा मंगलबार रोल्पा बन्द गरिएको छ । सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले जिल्ला बन्द गरेका छन ।
बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधन ठप्प छन् । जिल्लाको सर्वदलीयरसर्वपक्षीय संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तर्गत हिजो आधादिन जिल्ला बन्द गरिएको थियो ।
संघर्ष समितिले अहिलेसम्म विरोध ¥याली, प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउने, चक्का जाम गर्ने, बजार कलकारखाना बन्द गर्ने लगायतका संघर्षका कार्यक्रम गरिसकेको छ ।
यसैबिच रोल्पाली र प्युठानीले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् हिजो प्युठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्युठानका संघर्ष समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
२०७३ मंसिर १४ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…