रसुवाको स्याउबारीमा पोल्ट्री ब्यबसायि भलाई सँघको अन्तक्रिया कार्यक्रम

रसुवाको स्याउबारीमा पोल्ट्री ब्यबसायि भलाई सँघको अन्तक्रिया कार्यक्रम

62229350_826891511029238_532291007983648768_n

जेठ २६ । रसुवाको कालिका गाउँपालिका २ स्याउबारीमा पोल्ट्री ब्यबसायि भलाई सँघको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धादिङ, नुवाकोट र रसुवाको पोल्ट्री व्यवसायीहरु सम्मिलित सँघको उक्त कार्यक्रममा बोल्दै साँसद तथा कार्यक्रमका प्रमुख अतिथी हिरानाथ खतिवडाले नेपालको एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री रहेकाले यसको विकास र विस्तार र सम्भावनाको लागि सरकारले ध्यान दिएको बताउनुभयो ।
कार्यक्रमका बिषेश अतिथी तथा सँस्थाका वरिष्ठ सल्लाहकार तथा जिफन्ट धादिङका सँस्थापक अध्यक्ष एवम् कृषि मजदुर सँघका केन्द्रिय सदस्य सुरेश आचार्यले पोल्ट्री व्यवसायमा बिभिन्न समयसन्दर्भमा आउने बडफ्लु हल्ला एवम् अन्य रोगब्याधले बजार डामाडोल हुने र लाखौ करोडौँको लगानी धराशायी हुने जोखिम देखिन्छ ।
ब्यबसायिहक अधिकारका निम्ति सँगठित हुनु अपरिहार्य छ । सँगठिक शतिmले मात्र पेशाको रक्षा र सुरक्षा गर्न सक्ने आचार्यले बताउनुभयो । स्वस्थकर मासु लगायत अन्य बिभिन्न खानपानले मानव जिवनलाई प्रत्यक्ष प्रभाव पार्छ र यस भलाई सँघले काठमाण्डौ लगायतका गाउँ बस्ती बजारहरुमा स्वस्थकर मासु उपभोक्ताको माझमा पुराएर मानव जिवनलाई निरोगी बनाउन योगदान पुराउन सक्ने बिश्वास ब्यतm गर्नुभयो ।
यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईले यस व्यवसायको प्रगतिको लागि शुभकामना दिनुभएको छ ।
सँघले अन्तक्रिया कार्यक्रम सँगै बनभोज कार्यक्रम पनि गरेको हो । कार्यक्रममा सँघका अध्यक्ष हेरम्बराज कोईरालाले यस व्यवसायमा दुख पनि रहेको, आफुहरुले दुख पनि भोगेको बताउनुहुँदै सफलताको लागि एक आपसमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।

सँघका अध्यक्ष हेरम्बराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा साँसद हिरानाथ खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा सँस्थाका वरिष्ठ सल्लाहकार तथा जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यको विशेष आतित्थ्यता रहेको थियो ।
सो कार्यक्रमको अतिथीहरुमा सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराई, कालिका गाउँपालिका रसुवाका उपाध्यक्ष भवानी न्यौपाने, नेकपाका केन्द्रिय कमीटी सदस्य माधव अर्याल, यस्तै विभिन्न गाउँपालिकाका पदाधिकारी एवम् वडा अध्यक्षहरु, पत्रकार, स्थानिय समाजसेवी लगायतको आतित्थ्यता एवम् उपस्थिती रहेको थियो । सो कार्यक्रममको रेडियो लाङटाङ ९०.३ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।
जेठ २६, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments