बैरनीमा भएको कार्यक्रम मार्फत ५१ जनाद्धारा रक्तदान

बैरनीमा भएको कार्यक्रम मार्फत ५१ जनाद्धारा रक्तदान

तस्वीर सौजन्य : केशव अधिकारी. सभापति नेरेसो बैरेनी उपशाखा तस्वीर सौजन्य : केशव अधिकारी. सभापति नेरेसो बैरेनी उपशाखा

बैरेनी । धादिङको गल्छि ६ बैरेनीमा भएको रक्तदान कार्यक्रम मार्फत ५१ जनाले रक्तदान गरेका छन् । गल्छी गाउँपालिकाको आयोजना तथा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा र बैरेनी उपशाखाको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ७ महिला सहित ५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान पछि रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडि, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष दुर्लभ कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

२०७६ बैशाख १७ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments