धार्के, महादेवबेशी सहित राजमार्गका अतिक्रमित सँरचना हटाउन आग्रह

धार्के, महादेवबेशी सहित राजमार्गका अतिक्रमित सँरचना हटाउन आग्रह

फाईल फोटो
From Ekantipurफाईल फोटो From Ekantipur

कात्तीक २०, धादिङ । डिभिजन सडक कार्यालय भरतपुरले धादिङ र काठमाण्डौँको सिमाना पिप्लामोड देखी १५ मिटर भित्र बनाईएका घरटहरा भत्काईने र थुपारेर राखिएका निर्माण सामाग्री हटाउन पहल भैरहेको बताएको छ ।
कार्यालयका धादिङको गजुरी स्थित साईट ईन्जिनियर मधुसुधन साँखील यस अघि सडकको सिमाबाट १५ मिटर भित्र बनाईएका घरटहरा भत्काईएपनि फेरी अटेर गरी बनाइएका टहरा र सडक नजिकै राखीएको निर्माण सामाग्री हटाउन आग्रह गर्ने र अटेर गरे आफुहरुले नै हटाउने बताउनुभएको हो । ।
धार्के र महादेवबेशी क्षेत्रमा बढि सडक अतिक्रमण भैरहेकाले उक्त क्षेत्र लगायत अन्य ठाउँमा राजमार्ग अतिक्रमण गरी घर, टहरा बनाउने, निर्माण सामाग्री राख्ने, होटल, वर्कशप खोल्ने लगायतको कार्य तत्काल रोक्न पनि डिभिजन सडक कार्यालय भरतपुर चितवनले आग्रह गरेको छ ।
यसैबिच ईन्जिनियर मधुसुधन साँखीले सडक सिमाबाट २५ मिटर भित्र परेका सँरचना तत्काल भत्काउने योजना नरहेको बताउनुभएको छ । सर्वौच्च अदालतबाट सडक सिमाबाट २५ मिटर भित्र रहेका अतिक्रमित सँरचना भत्काउने मौखिक जानकारी आए पनि लिखित जानकारी नआएको र यो प्रक्रिया अलि ढिलो हुने बताउनुभएको हो ।

Facebook Comments