अब हाम्रो यात्रा आठौँ वर्षमा

अब हाम्रो यात्रा आठौँ वर्षमा

radio rajmarga studio

Radio Rajmarga Addराजमार्ग सामुदायिक सञ्चार केन्द्र द्धारा सन्चालित यस रेडियो राजमार्ग ९२.१ मेगाहर्ज आज देखि ७ वर्ष पुरा भएर आठौँ वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखी परिक्षण प्रसारण थालेको रेडियो आज देखी आठौँ वर्षमा प्रवेश गरेको खबर तपाईलाई सुनाउन पाउँदा हामी खुसी छौँ ।

नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी रेडियो राजमार्गको प्रसारण सुरु भएको थियो । सुरुका दिनमा १५ घण्टा प्रसारण भएको रेडियो अहिले बिहान ५ बजे देखी रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको रेडियोले सडक शन्देश र खवरका अतिरिक्त शिक्षा, स्वास्थ्य, मनोरञ्जन, धर्म, संस्कृति, आदिवासी जनजाति, दलित, महिलाका सवालमा समाचार र कार्यक्रम प्रशारण गर्दै आएको छ ।
धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित हुँदै आएको तपाईहरुलाई सर्वविदितै छ ।
सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटर मार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम ९आरडिएस० प्रविधिको प्रयोग गरेको रेडियोले रेडियो राजमार्ग नामक आफ्नै मोबाईल एप्स पनि रहेको छ ।

राजमार्गको यात्रामा समाचार, सूचना र सङ्गीतका लागि रेडियो राजमार्ग सबैको प्रिय बनेको छ । समाचार र कार्यक्रममा परिष्कृत र परिमार्जित गर्दै आएको हामीले रसुवाको रेडियो लाङटाङ सँग पनि सहकार्य गरी अघि बढेका छौँ ।

रेडियो, ९२.१ मेगाहर्जबाट प्रत्यक्ष, अनलाईन प्रसारण र मोबाईल एप्स बाट पनि सुन्न सकिने व्यवस्था रहेको छ ।
राजमार्गको सूचना, शिक्षा र सडक उपयोगको विषयमा नागरिक एक सय वाट क्षमता रहेको रेडियोले धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा जिल्लाका स्रोतालाई लक्षित गरी कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको छ ।
तपाईहरुकै सहयोग, सद्भाव अनि मायाका कारण आज रेडियो ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । यस रेडियो राजमार्गलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाई सबैलाई हार्दिक धन्यवाद सहित निरन्तर सहयोग, सल्लाह सुझाव एवम् प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।

राजमार्ग सामुदायिक सन्चार केन्द्र तथा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज परिवार

Facebook Comments