धादिङको थाक्रेमा निजी आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङको थाक्रेमा निजी आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

65503385_2170290106585475_1899387894393470976_n

शिवराज आचार्य

सिम्ले, असार १८ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय सिम्लेमा निजि आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा पुर्न्निर्माणको क्षेत्रमा भएको काम, पारेको प्रभाव लगायतको विषयमा पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका विषयगत प्रमुखहरुले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यसपछि सहभागीहरुले पुर्न्निर्माण, रेट्रोफिट, अधिकाँश प्राविधिकहरुको ढिलासुस्ती, वडा अध्यक्षहरुको समस्या, भुकम्पपिडीतको गुनासो लगायतका विषयमा विषयगत प्रमुखहरुलाई प्रश्न राखेका थिए । सहभागीबाट आएको प्रश्नको जवाफ विभिन्न विषयगत प्रमुखहरुले दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय पुननिर्माण जिल्ला कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा पुर्बाधार समीतीका प्रमुख जयराम श्रेष्ठले भुकम्प पिडितहरुलाई अनुदान छिटो लिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, राष्ट्रिय पुननिर्माण जिल्ला कार्यान्वयन ईकाई अनुदान ब्यबस्थापन तथा पुर्बाधार समीतीका प्रमुख जयराम श्रेष्ठ, सामाजिक बिकास बिज्ञ भगवती खाण, विभिन्न वडाका अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधी, पत्रकार लाभग्राहिहरुको सहभागिता रहेको थियो । त्यसै गरी हिजो बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा पनि निजि आवास पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो ।
असार १८ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments