प्रदेश राजधानीको माग गर्दै धनकुटामा आमहड्ताल, जनजीवन प्रभावित

प्रदेश राजधानीको माग गर्दै धनकुटामा आमहड्ताल, जनजीवन प्रभावित

धनकुटा, २० पौष । प्रदेशको राजधानी आफ्नै ठाउँमा हुनुपर्ने माग गर्दै आज पनि विभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।

प्रदेश नं। १ को राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटामा सुरु गरेकोे आमहड्ताल आज दोस्रो दिन पनि जारी छ ।

आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ । धनकुटाका बजार तथा कलकारखाना ठप्प छन् ।

कोशी राजमागमा सवारी साधन गुड्न सकेका छैनन् ।

धनकुटाको आमहड्तालका कारण सवारी साधन ठप्प हुँदा तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।

हिले, कागते, सल्लेरी, जिरोप्वाइन्ट, मूलघाटलगायतका स्थानमा बन्दकर्ताले टायर वालेर प्रदर्शन गरिरहेका छन् ।

पौष २० मा प्रकाशित ।

स्रोतः इमेजखवर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नुवाकोटमा २७ विस्थापित परिवारको लागी जग्गा खरिद

नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर