Categories: NewsPolitics

मधेसीको घरघरमा शिक्षा, स्वास्थ्य र विकास पुर्‍याउनुपर्छ : प्रधानमन्त्री

सुनसरी, वैशाख १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसीको घर घरमा शिक्षा, स्वास्थ्य र विकास पुर्‍याउनुपर्ने बताउनु भएको छ ।
नयाँ संविधानले मधेसीका अधिकार सुनिश्चत गरेकाले अश मधेसीका घर घरमा विकास पुर्याउनु पर्ने बताउनु भयो । सुनसरीको इनरुवामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाइ निर्देशन दिँदै उहाँले अधिकार पाइएन भन्ने मधेसीसँग बिवाद गर्नुभन्दा उनीहरुलाई सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।
जारी संविधानले कसैलाई बिभेद नगरेको दावी गर्दै प्रधानमन्त्री ओलीले मधेसमा भ्रम फैलाइएको बताउनु भयो । उहाँले नेपालमा स्थिरता र स्थायित्व नचाहाने तत्वले मधेसीलाई अधिकार दिइएन भनेर हल्ला चलाएको र हाम्रा केहि दाजुभाइ पनि हल्लाका पछि लागेको बताउनु भयो ।
आफू समानता र न्यायका लागि लडेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा कँहि कतै बिभेद नरहेको बताउनु भयो । कार्यक्रममा आफू विकासका लागि सिंहदरबार गएको उल्लेख गर्दै आफ्नो अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।
‘कार्यालय प्रमुखहरु यो अभियानको स्थानीय नायक हो । तपाइँहरुले पुरानो ढाँचाबाट नभएर नयाँ ढाँचाबाट कार्यलयमा सेवा प्रवाह र योजना बनाउनु पर्छ’ उहाँले भन्नुभयो । यसअघि प्रधानमन्त्री इनरुवा आउने भएपछि मधेसी मोर्चाले इनरुवाका सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेका थिए । मोर्चाले प्रधानमन्त्रीलाई इनरुवा प्रवेशमा रोक लगाउने भनेपछि सुरक्षा अवस्था कडा पारिएको थियो ।उज्यालोबाट

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago