एजेन्सी । रुसमा यात्रु विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गएको छ । दुबईबाट रुसका लागि उडेको फ्लाईदुबईको बोइङ ७३८ रुसको दक्षिणी शहर रोस्टोभ–अन–डनमा दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका ५५ जना यात्रु र चालक दलका ६ सदस्य गरी ६१ जनाको ज्यान गएको हो । रोस्तोभ–अन–दोनको विमानस्थलमा अवतरणको क्रममा रनवे भन्दा बाहिर गएका कारण दुर्घटनाग्रस्त भएको खबरमा उल्लेख । दुर्घटनाको यकिन कारण थाहा नभएपनि कमजोर भिजिविलिटी र तीब्र गतिमा चलेको हावाका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
विमान रहेका सबैको ज्यान गएको अनुमान गरिएको छ । दुर्घटना लगतै विमान विस्फोट भएको र आगलागी भएको थियो । रोस्टोभ–अन–डन विमानस्थलमा अवतरका लागि गएका विमानलाई अयन्त्र पठाइएको छ । उद्दारका लागि अहिले एक सय भन्दा धेरै उद्दारकर्मी घटनास्थलमा खटिएका छन् ।
फ्लाईदुबइेले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । फ्लाईदुबाईले सन् २००९ मा कम भाडादरको विमान सेवा सुरु गरेको थियो । फ्लाईदुबईले विभिन्न ९० रुटमा उडान भर्दै आएको छ ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…