धुनिबेशीमा ४० औं शिक्षक दिवस,विद्यालयमा खाजा र कम्प्युर शिक्षकको माग

धुनिबेशीमा ४० औं शिक्षक दिवस,विद्यालयमा खाजा र कम्प्युर शिक्षकको माग

56816015_1032153686992435_7557955745791082496_n

शिवराज आचार्य ।
धार्के । धादिङको धुनिबेशी ६ धार्केमा नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिबेशीले ४० औं शिक्षक दिवस बनाएको छ । “गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिबेशी नगर समितिद्धारा आयोनित कार्यक्रममा सेवानिवृत भएका शिक्षकहरुलाई सम्मान, शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल शिक्षकहरुलाई बधाईका सथा संगठनका शिक्षक र नगर प्रमुख विचमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

57210692_1533902240073301_8454111469649264640_n
अन्तरक्रिर्या कार्यक्रममा धुनिबेशी वडा नम्बर ४ मा रहेको खैरेनि आधारभूत विद्यालय प्रधानाध्यपक दामोदर धिमिरेले आफ्नो विद्यालयमा दिवा खाजाको व्यवस्था गर्न नगर पालिका संग आग्रह गर्न भएको थियो । समामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुदै गएको सन्र्दभमा खाजाको व्यवस्था गराएको खण्डमा विद्यार्थी संख्या बढ्ने उहाँले बताउनु भएको थियो ।विद्यालयमा कक्षा ६ देखि १० कक्षा सम्म कम्प्युटर शिक्षा भए पनि त्यस कम्प्युटर शिक्षा लाई व्यवहारीक बनाउन नगरसगं माग गरेका थिए । विद्यालयका शिक्षकहरुले राख्नु भएको मागका विषयमा नगर प्रमुख बालकृष्ण आचार्यले नगरशिक्षा समिति संग तपाईहरुले राख्नु भएको माग लाई सम्बोधन गर्ने र कम्प्युर शिक्षा लाई समय सापेक्ष व्यवहारीक बनाउदै लौजाने बताउनु भयो ।

57355483_629791527492800_4358601857875050496_n
संगठनले कार्यक्रममा लामो समय शिक्षण पेसामा रहेर सेवानिवृत हुनु भएका शिक्षकहरुलाई सम्मान पत्र र दोस्ला ओडाएर सम्मान गरीएको थियो । सेवानिवृत हुनु भएका भूबनेश्वरी माध्यमिक विद्यालयका पूर्व शिक्षक रामचन्द्र आचार्यले लामो समय आफुले शिक्षण पेसा गर्दाको अनुभब सहभागी शिक्षकहरु लाई अबगत गराउनु भएका थिए ।कार्यक्रमका संगठनले शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल शिक्षकहरुलाई बधाइ तथा शुभकामना दिएका थिए ।

56691243_304092143602588_7273910836744159232_n
नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिबेशी नगरका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाल कृष्ण आचार्य ,वाड नम्बर २ का अध्यक्ष बलराम कुवांर, नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको उपाध्यक्ष गोबरधन गोदार ,नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश ३ कमिटिका सदस्य राधा पौडेल,सेवानिवृत प्रधानाध्यपक ,शिक्षक , संगठनमा आब्द भएका शिक्षकहरुको सहभागिता रहेको थियो ।

२०७५ चैत्र २९ गते

Facebook Comments