बाम गठबन्धनद्दारा गठित कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन

बाम गठबन्धनद्दारा गठित कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन

prachanda-oli-14032017082136-1000x0

काठ्माण्डौं, २६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् ।

आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम सुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रदेशसभा गठनका सन्दर्भमा चुनावमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । कार्यदलका सदस्यसँगको छलफल पछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिच छलफल भएको छ ।
पौष २६ मा प्रकाशित ।

Facebook Comments