स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धी तालीम

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धी तालीम

talimm

पिडा धादिङ । गजुरी गाउँपालिकाको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धी तालीम सम्पन्न हालै सम्पन्न भएको छ । पिडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मिजारको अध्यक्षतामा स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको हो ।

यूएमएनको साझेदारीमा प्रयास नेपाल धादिङले संचालन गरेको बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमको व्यवस्थापनमा २ दिन सम्म संचालन भएको थियो । तालीममा स्वास्थ्य सेवामा गा“उपालिका तथा नगरपालिकको एकल र प्रदेशसंगको साझा अधिकार,स्थानीय स्वास्थ्य संस्था संचालन,तथा ब्यवस्थापन समितिको कार्यक्षेत्र काम कर्तव्य र जिम्मेवारी, समितिको कामकाजमा देखिएका,समस्या तथा समाधानका उपायहरु,आकस्मिक स्वास्थ्य सेवाको अर्थ र महत्व, प्रेषण व्यवस्थापनको परिचय,प्रणाली विकासमा गरिएका प्रयासहरु,आवश्यकता र महत्व लगायतका बिषयमा छलफल भएको प्रयास नेपालका कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी दिनु भयो ।

यसै गरीस्थानीय स्रोतहरु के के हुन सक्छन् स्थानीय स्रोत साधनहरुको सूचि, औषधि औजार ब्यवस्थापन, आवश्यकता अनुमान, खरिद प्रकिृया,भण्डारण र बितरण, मानव संसाधन ब्यबस्थापन, खानेपानी र सरसफाइ,परिचय, आवश्यकता र महत्व, सुशासनका सुनिश्चितता गर्ने,विधिहरु, समस्या पहिचान, प्राथमिकता निर्धारण, योजनाको कार्यान्वयन र जिम्मेवारी कस्को र कहिले,वैठक संचालन प्रक्रिया, वैठक माइनुटको,महत्व अभिलेख तरिका र जिम्मेवारी आदिका बारेमा गजुरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डा।रामहरि रेग्मीले सहजिकरण गर्नु भएको थियो ।

यसै गरी बेनिघाटरोराङ गाउँपालिका महादेवस्थान स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष टंक थापाको अध्यक्षतामा बेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा सम्पन्न भएको हो । बेनिघाटरोराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधुसुदन खड्काले सहजिकरण गर्नु भएको प्रयास नेपालका सहजकर्ता सुरज श्रेष्ठले जानकारी दिनु भयो ।

२०७५ चैत्र १ गते प्रकाशित

Facebook Comments