सिस्ने खोलादेखि धार्केसम्म दुई लेनको समानान्तर सडक निर्माण प्रक्रिया सुरु

सिस्ने खोलादेखि धार्केसम्म दुई लेनको समानान्तर सडक निर्माण प्रक्रिया सुरु

nagdhunga-muglin-sadak

काठमाण्डौँ । सरकारले समानान्तर सडक निर्माणको प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा– मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने योजना रद्द गरी दुई लेनको छुट्टै सडक निर्माण प्रक्रिया थालेको हो ।

आर्थिक वर्ष २०७६/७७ भित्र सडक निर्माणको खरिद प्रक्रिया पूरा गर्ने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताउनुभयो । उहाँले आगामी आवभित्र सडक निर्माणमा ऋण सहयोग गर्ने दाता (विश्व बैंक) सँगको सम्झौतादेखि खरिद प्रक्रिया र निर्माण व्यवसायीसँग ठेक्का सम्झौतासमेत सम्पन्न गर्नेसम्म काम गर्ने बताउनुभयो ।

कुल ९५ दशमलव ५ किलोमिटर नागढुंगा–मुग्लिन सडकमध्ये सिस्ने खोलादेखि धार्केसम्म ११ दशमलव २ किलोमिटर नयाँ सडक निर्माण गरिने विभागले जनाएको छ । यसका लागि जग्गा अधिग्रहणको काम थालिएको छ । त्यस्तै, नागढुंगा–मुग्लिङ सडकमा पर्ने सहरी क्षेत्रका थप ११ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिने विभागले जनाएको छ ।

बाँकी रहेको ७३ दशमलव ३ किलोमिटर सडकमा आवागमनलाई दु्र्रत बनाउन मर्मत, पुल निर्माण र अन्य सुधार गरिने योजना सडक विभागको छ । त्यसका लागि विभिन्न स्थानमा बस, ट्रक रोक्ने ठाउँ निर्माण गरिनेछ । बस्तीहरूमा बाटो काट्ने बटुवा पुल निर्माण गरिनेछ भने दुई सडक आएर एकै ठाउँमा मिल्ने बिन्दुमा आवश्यक व्यवस्थापनको काम गरिने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाको भनाई छ । नयाँ निर्माण हुने सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ । नयाँ निर्माण हुने सडकको अध्ययन सम्पन्न भइसकेको छ ।

यसैबिच सडक विभागले यसअघि आर्थिक वर्ष २०७६/७७ देखि काम थाल्ने बताए पनि जग्गाप्राप्तिमा सहज नभएपछि ढिलाइ हुने बताएको छ । नयाँ सडक निर्माणका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अध्ययनले देखाएको छ । सडक निर्माणका लागि आवश्यक जग्गाको मूल्य नै १० देखि १२ अर्ब रुपैयाँ स्थानीयले माग गरेको विभागको भनाइ छ ।

विश्व बैँकले सहुलियत ऋण (१ प्रतिशत) लगानी गर्नेछ । नयाँ सडक निर्माण, पुल निर्माण र सुधारमा २४ अर्ब आवश्यक विश्व बैंक र सडक विभागले गरेको अध्ययनअनुसार नयाँ सडक निर्माण, पुल निर्माण र साबिकको सडक सुधारमा २४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । लगानीले सिस्नेखोलादेखि धार्केसम्म ११ किलोमिटर दुई लेनको नयाँ सडक निर्माण गरिनेछ । त्यसका लागि ६ अर्ब रुपैयाँखर्च गरिनेछ । बाँकी रकममा सिस्ने खोलादेखि मुग्लिङसम्मका पुल निर्माण र मर्मत तथा सडक विस्तार र मर्मत–सम्भारलगायता काम गरिनेछ । सुधारभित्र २१ वटा पुल, करिब ७ किलोमटिर क्लाम्बिङ लेन, घुम्ती (मोड) सुधार, २६ वटा पुलको मर्मत गरिनेछ । त्यस्तै, १५ वटा आकासेपुल निर्माण हुनेछन् । तर, लागत एक वर्षअगाडि नै तय गरिएकाले पुनःअद्यावधिक गर्नुपर्नेछ विभागले जनाएको छ ।

२०७६ असार २२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments