धादिङको धुनिबेशी स्थित महेशफाँटमा रोपाईँ महोत्सव

धादिङको धुनिबेशी स्थित महेशफाँटमा रोपाईँ महोत्सव

ropai

धार्के । धादिङको धुनिबेशी २ महेशफाँटमा धान दिवसको अवसरमा रोपाईँ महोत्सव गरिएको छ । गोटाड अर्गानिक रिसर्च सेन्टरको स्थानिय व्यवस्थापनमा वातावरण सँरक्षण तथा विकास समिती धुनिबेशी र गाउँ पर्यटन प्रवद्र्धन मन्च भिटोफ नेपालको सँयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा रोपाईँ महोत्सवको आयोजना गरिएको हो । कार्यक्रममा संघीय संसदका सांसद भूमि त्रिपाठीले कृषिको माध्यमबाटै आर्थिक समृद्धि सम्भव हुने भन्दै कृषिलाई व्यवसायिक र आधुनिकीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।

धादिङको धुनिबेसी नगरपालिका–२ स्थित महेशफाँटमा आयोजित धान दिवस तथा रोपाईँ महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिलाई व्यवसायिक र आधुनिकीकरण नेपालमा समृद्धि आउन कसैले पनि रोक्न नसक्ने बताए ।

कार्यक्रममा बोल्दै सासँद त्रिपाठीले धार्के सितापाईला सडक पहिलो प्राथमिकतामा परेको भन्दै यो सडक निर्माण कार्य पुरा नभई नरोकिने बताउनुभयो । यस्तै धुनिबेशी नगरपालिका सँग जोडिने भिमढुँगा लामिडाँडा गल्छि लगायतका सडक निर्माण तथा स्तरोन्नतीका लागि काम भैरहेको बताए ।

कार्यक्रममा सांसद त्रिपाठीले धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सम्वृद्धी हाम्रै पालामा रहेको भन्दै धुनिबेशीको विकासका लागि यसलाई तिन भागमा विभाजन गरिएको भन्दै धुनिबेशीको विकासमा सबै सँग हातेमालो गर्न पनि आग्रह गरेका छन् ।
यसैगरी धुनिबेशी नगरपालिकाले कृषी र पर्यटनमा पनि काम गरिरहेको भन्दै नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सम्भावना हुँदाहुँदै पनि नगरपालिका पछि परेको बताएका छन् । उनले सडक, खानेपानी, विद्युत लगायतको काममा नगरपालिकाले पहल र काम गरिररहेको बताए ।

कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष खुम सुवेदीले कृषिलाई व्यवसायिक रुपले अगाडि बढाउनु पर्ने बताएका छन् । उनले पर्यटनको विकासमा राज्यले ध्यान दिनुपर्ने पनि बताए । यसैबिच भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडाले सहरमा थुप्रिएको पर्यटकलाई निकालेर गाउँगाउँमा पुर्याउने काम आफ्नो संस्थाले गरिरहेको बताएका छन् । यस्तै कार्यक्रममा भिटोफ नेपालका पूर्वअध्यक्ष कमल सापकोटाले कृषि र पर्यटन सँगसँगै लान सकिने भन्दै यसबाटै समृद्धि सम्भव हुने धारणा राखेका छन् ।

कार्यक्रममा वातावरण संरक्षण तथा विकास समितिका सभापति प्रह्लाद खकुरेल, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, नेपाल माउन्टेनियररिङ एशोसियनका कपिल पाण्डे, टानका वरिष्ठ उपाध्यक्ष खुम सुवेदी, नेपाल योगा एशोसियनका उपाध्यक्ष अञ्जनकुमार थापा, विद्धत नेपालका दीपक दाहाल, भिटोफ नेपालका अध्यक्ष ध्रव सिम्खडा लगायतको सहभागिता रहेको थियो ।

२०७६ असार १५ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments