श्रीलंकामा तनाव कायमै, देशभर कर्फ्यु

श्रीलंकामा तनाव कायमै, देशभर कर्फ्यु

photo

काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २५० भन्दा बढीको मृत्यु भएको थियो । यो घटनापछि श्रीलंकामा तनावको वातावरण कायमै छ । यद्यपि यसअघि श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेका थिए । त्यसको केही दिनपछि नै हिंसात्मक घटना बढेका हुन् ।


२०७६ बैशाख ३१ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments