धार्के । धुनिबेशी नगरपालिकाको कार्यकारी तथा निर्वाचन अधिकृत उपेन्द्रराज पौडेलले नगरपालिकामा राजनैतिक गतिविधी बढिरहेको बताउनुभएको छ ।रेडियो राजमार्गको दैनिक कार्यक्रम चुनावी चर्चामा निर्वाचन अधिकृत पौडेलले राजनैतिक गतिविधी बढिरहेको सन्र्दभमा मतादाता शिक्षा लगायतको काम भैरहेको र सबैबाट सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको हो ।
साविकको नौबिसे, जिवनपुर र छत्रेदेउराली गाविस जोडिएर बनेको धुनिबेशी नगरपालिकामा १० हजार ९ सय उनान्चास पुरुष मतदाता र १० हजार बयालिस महिला मतादाता गरी २० हजार ९ सय ४२ मतदाता रहेका छन् । मतदानका लागि ९ मतदान स्थल र २४ ओटा मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
निर्वाचन लोकतान्त्रीक अभ्यास भएकाले सफल बनाउन सबैको महत्वपुर्ण भुमिका रहने र मतादाता नामावलीमा नाम भएका सबै जना सक्रिय रुपमा सहभागी भएर मतदानमा सहभागी हुन आगह गर्नुहुँदै निर्वाचन अधिकृत पौडेलले धुनिबेशी नगरपालिकामा आफुहरुले सक्षम नेतृत्व चाहेको बताउनुभयो ।
धुनिबेशी नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, हाम्रो पार्टी लगायतका राजनितीक दलहरुले आफ्नो तयारीलाई तिब्र पारेका छन् ।
२०७४ बैशाख ०५ गते प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…