भारत बिहारको अररियाको उपचुनावका लागि नेपालतर्फको सीमा बन्द

भारत बिहारको अररियाको उपचुनावका लागि नेपालतर्फको सीमा बन्द

shima-naka-banda-e1505541831158

विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गरिने भएको छ ।

उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेकाले शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमाबन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज भएको छ ।

२०७४ फागुन २५ गते प्रकाशित

Facebook Comments