युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित

युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित

ICC-World-Cricket-League-Championship

काठमाडौँ । युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईको शेख जायद रंगशालामा मँगलबार साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार ग¥यो । नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।
१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।


२०७४ मंसिर २० गते प्रकाशित


 

Facebook Comments