मंसिर ९ । विश्व फुटबल बरियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१ औं स्थानमा पुगेको हो ।
पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोलीले एक हप्ता अघि मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधी जितेको थियो । दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । १ सय ३७ औं स्थानमा रहेको भारत पहिलो स्थानमा छ भने अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो तथा भुटान चौथो स्थानमा छन् । यस्तै, बंगलादेश छैठौँ, श्रीलंका सातौँ र पाकिस्तान पुछारमा रहेको छ ।
२०७३ मंसिर ९ गते प्रकाशित
Facebook Comments