भदौ १५, काठमाडौं । नौबिसे काठमाडौं सुरुङ मार्ग निर्माणमा सहयोग गर्न नेपाल सरकारले राखेको प्रस्तावमा जापानका एक मन्त्रीले सकारात्मक जवाफ दिएका छन् । काठमाडौं भित्रिने यातायातलाई सहज बनाउन भन्दै सरकारले काठमाडौंको सितापाइलादेखि धादिङको नौबिसे जोड्ने अन्तराष्ट्रियस्तरको सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, काम भने अघि बढ्न सकेको छैन ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसीसँगको भेटमा उक्त सुरुङ मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । र, त्यसमा राज्यमन्त्री किसीले १८ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२ दशमलव ६ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले सुरुङमार्ग निर्माणमा इच्छा व्यक्त गरेको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई जापानले एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका राज्यमन्त्री किसीको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । onlinekhabar
२०७३ भदौ १५ गते मा प्रकाशित
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…