नगरपालिका स्तरीय नेपाल तामाङ घेदुङ धुनिबेशीको अध्यक्षमा तामाङ चयन

नगरपालिका स्तरीय नेपाल तामाङ घेदुङ धुनिबेशीको अध्यक्षमा तामाङ चयन

धार्के ३० पौष । धादिङको धुनिबेशी नगरपालिका स्तरीय नेपाल तामाङ घेदुङ धुनिबेशीको अध्यक्षमा सन्तविर तामाङ चयन हुनु भएको छ । धुनिबेशी नगरपालीका को वडा नम्बर ९ खत्रीपौवामा रहेको न्यू एक्टीभिटिज क्लबमा भएको नगर स्तरीय भेला मार्फत तामाङ अध्यक्ष रहने गरी १५ सदसीय कार्यसमितिको चयन भएको हो ।

प्रथम अधिबेशन बाट उपाध्यक्षमा अजय लामा ,सचिवमा रमेश लामा, सहसचिवमा उत्तम लामा र कोषाध्यष्क्षमा गंगा माया लामा चयन हुनु भएको छ ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर ३ का सचिव अरुण लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साविकको नौविसे तामाङ घेदुङका अध्यक्ष राजिब लामाको सभापतित्व रहेको थियो । कार्यक्रममा विभिन्न संघ सस्था राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 


पौष ३० मा प्रकाशित ।


पौष ३० मा प्रकाशित ।

Facebook Comments