विसंघको महाधिवेशन असार पहिलो साता हुने

विसंघको महाधिवेशन असार पहिलो साता हुने

1462082592nsufinal

काठमाडौं, वैशाख १९ ( व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन असार पहिलो साता हुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग आइतबार नेविसंघका अध्यक्ष रञ्जित कर्णले भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिनुभयो । सभासद पनि रहेका कर्णलाई बोलाएर संघको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिनुभएको थियो ।
नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले सङ्घको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिएको भेटमा सहभागी संघका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिनुभयो ।
यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला संघले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।
अबको १० दिनभित्र संघको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले जानकारी गराउनुभयो ।
सभापति देउवाले संघ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा। प्रकाशशरण महतलाई दिनुभएको छ । यसअघि यो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हाल्नुभएको थियो । नेविसंघको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ । रासस

Facebook Comments