पश्चिमी वायु र स्थानीयवायुको प्रभावका कारण आज पानी पर्ने : मौसमविद्

पश्चिमी वायु र स्थानीयवायुको प्रभावका कारण आज पानी पर्ने : मौसमविद्

weather-mausam

धादिङ ।

पश्चिमी वायुको र स्थानीयवायुको प्रभावका कारण  सोमबार दिउँसो काठमाण्डौसहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

यस्तै बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना भएको मौसमविद् रिमालले बताउनुभयो ।

काठमाण्डौसहित देशका धेरैजसो पहाडी  क्षेत्रमा बेलुकीपख मौसम आशिंकदेखि सामान्यसम्म बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको पनी मौसमविद्ले बताएका छन् ।

 

अबको  केही  दिन देशभरको मौसम यस्तै नै रहने तर ठुलो पानी पर्ने वा लगातार बदली हुने सम्भावना भने छैन, अहिले काठमाडौको मौसम बद्ली भएको छ , काठमाडौको दिउँसोको मौसम एकछिन खुल्दै फेरि एक छिन बदली हुने सम्भावना छ मौसमविद् सुवास रिमालले बताउनुभयो ।

बैशाख ३० मा प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments